पौष २ , काठमाडौ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि मतदान स्थल तथा मतदान केन्द्र तोकेको छ।
आयोगले पौष २ गतेको निर्णय अनुसार ,सातओटै प्रदेशको प्रदेश राजधानी रहेको जिल्लामा मतदान स्थल/केन्द्र रहने गरि मतदान स्थल/ केन्द्र तोकेको हो।
कुन प्रदेशका लागि कहाँ मतदान स्थल/ केन्द्र
🔹कोशी प्रदेश
जिल्ला- मोरङ
मतदान केन्द्र/ स्थल- प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेशको परिसर, विराटनगर
🔹 मधेस प्रदेश
जिल्ला- धनुषा
मतदान केन्द्र/स्थल-महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उ.म.न.पा -४
🔹बागमती प्रदेश
जिल्ला- मकवानपुर
मतदान केन्द्र/स्थल- भुटनदेवी माध्यमिक विद्यालय हेटौंडा उपमहानगरपालिका-४
🔹गण्डकी प्रदेश
जिल्ला-कास्की
मतदान केन्द्र/स्थल- प्रदेश निर्वाचन कार्यालय ,गण्डकी प्रदेशको परिसर, पोखरा
🔹लुम्बिनी प्रदेश
जिल्ला- दाङको
मतदान केन्द्र/स्थल-कर्मचारी मिलन केन्द्र, घोराही
🔹कर्णाली प्रदेश
जिल्ला -सुर्खेत
मतदान केन्द्र/ स्थल-प्रदेश निर्वाचन कार्यालय ,कर्णाली प्रदेशको परिसर, बिरेन्द्रनगर
🔹सुदुरपश्चिम् प्रदेश
जिल्ला- कैलाली
मतदान केन्द्र/स्थल- प्रदेश निर्वाचन कार्यालय ,सुदुरपश्चिम् प्रदेश परिसर , धनगढी
राष्ट्रिय सभा निर्वाचन ऐन २०७५ बमोजिम राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभाका सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहने व्यवस्था छ।
आयोगले यस निर्वाचनका लागि प्रदेशसभा सदस्यका हकमा (क) मतदान केन्द्र तथा गा.पा / न.पा प्रमुख/उपप्रमुख का हकमा (ख)मतदान केन्द्र गरि जम्मा दुई कलस्टरमा मतदान केन्द्र विभाजन गर्ने जनाएको छ।


