मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा मेची पारीका विद्यार्थीलाइ न्यानो कपडा वितरण

1000060796

मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा बढ्दो चिसोलाई लक्षित गर्दै आज मेचीनगर नगरपालिका–१५, ग्वालबस्ती( मेची पारिको गाउँ )स्थित श्री मेची प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा विद्यालयलाई म्याट वितरण गरिएको छ।

1000061112

कार्यक्रममार्फत १२ जना विद्यार्थीलाई १२ सेट स्वेटर, टोपी ,जुत्ता र मोजा वितरण गरिएको छ भने विद्यालयलाई दुई थान म्याट समेत प्रदान गरिएको हो।
समुहको तर्फबाट केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले, झापा जिल्ला अध्यक्ष गङ्गा भट्टराई, सह–संयोजक रोशनी खनाल अधिकारी, सह–सचिव आर्जु खतिवडा तथा सदस्यहरू चन्दा उप्रेती र मनिषा ढुङ्गेलको उपस्थिति रहेको थियो।
सोही अवसरमा झापा जिल्ला अध्यक्ष गङ्गा भट्टराईले आफ्नो जन्मदिन केक काटेर विद्यार्थीहरूसँग मनाउँदै खुसियाली आदानप्रदान गर्नुभएको थियो ।

1000061101
1000061008

झापा जिल्ला सह–संयोजक रोशनी खनाल अधिकारीद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

1000061049

विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलियाले मेचीपारीको दुर्गम क्षेत्रसम्म पैदल हिँडेर कार्यक्रम आयोजना गरी सहयोग पुर्‍याएकोमा मेची महाकाली बुहारी संयुक्त आवाजप्रती धन्यवाद ज्ञापन गर्दै प्रशंसा तथा शुभकामना व्यक्त गर्नुभयो।

1000061045

बढ्दो चिसोको समयमा विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरिएकोमा उपस्थित अभिभावकहरूले समेत समूहको खुलेर प्रशंसा गरेका थिए।

1000060861

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *