चितवनका खगेन्द्रप्रसाद र रुद्रकली नेपाल छाडदै

Screenshot 20251215 182119 Facebook scaled

मङ्सिर २९ ,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएर हुर्किएका खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्तीलाई आज औपचारिक रूपमा सौरहामा एक औपचारिक कार्यक्रम आयोजना गरि बिदाइ गरिएको छ। नेपाल र कतारबीचको कूटनीतिक सद्भाव तथा सहकार्यको प्रतीकका रूपमा यी हात्तीलाई कतार सरकारलाई उपहारस्वरूप पठाउन लागिएको हो।

चितवनको सौराहामा आयोजित संक्षिप्त बिदाइ कार्यक्रमपछि दुवै हात्तीलाई सडकमार्ग हुँदै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल लगिनेछ र  त्यहाँबाट विशेष चार्टर कार्गो विमानमार्फत कतार पठाइने कार्यतालिका रहेको निकुञ्ज प्रमुखले जानकारी दिए।ढुवानीका क्रममा हात्तीको स्वास्थ्य, आराम र सुरक्षा प्राथमिकतामा राखिने सम्बन्धित निकायले जनाएको छ।

खगेन्द्रप्रसाद करिब छ वर्षको भाले हात्ती हुन् भने रुद्रकली सात वर्षकी पोथी हात्ती हुन्। दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएका र संरक्षण तथा तालिम प्रक्रियामार्फत हुर्काइएका हुन्। उनीहरूलाई अन्तर्राष्ट्रिय ढुवानीका मापदण्डअनुसार पूर्वतयारी तालिम र स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ।

यी हात्तीहरू कतारको दोहास्थित चिडियाखाना तथा संरक्षण केन्द्रमा राखिने बताइएको छ।नेपालको हावापानीसँग अनुकूलनका लागि नेपाली माहुते तथा प्राविधिक जनशक्ति पनि प्रारम्भिक चरणमा हात्तीसङ्गै पठाइने व्यवस्था गरिएको छ।  सम्पूर्ण ढुवानी तथा व्यवस्थापन खर्च कतार पक्षले व्यहोर्ने सहमति भएको नेपालका लागि कतार राजदुतावासले जनाएको छ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानिद्वारा २०८१ साल वैशाखमा गरिएको नेपाल भ्रमणका क्रममा  नेपाल सरकार मन्त्रीपरिषदको निर्णयमार्फत कतारलाई यी दुई हात्ती उपहार दिने निर्णय गरिएको थियो यद्यपि आवश्यक कानुनी, प्राविधिक र प्रशासनिक प्रक्रियाका कारण निर्णय कार्यान्वयनमा ढिलाइ भएको जनाइएको छ। खगेन्द्रप्रसाद र रुद्रकली आगामी पौष २ गते कतारतर्फ प्रस्थान गर्नेछ्न।

सरकारका अनुसार यो पहल नेपालको जैविक विविधता संरक्षण, पर्यटन प्रवर्द्धन र दुई देशबीचको कुटनितिक सम्बन्ध एवम मित्रतालाइ थप सुदृढ गर्ने दीर्घकालीन सहकार्यको एक महत्वपूर्ण कदम मानिएको छ।

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *