पाचौं बाघ गणना पौष १ गतेबाट हुने
मङ्सिर २९, काठमाडौं । नेपालमा हरेक चार–चार वर्षमा गरिँदै आएको राष्ट्रिय बाघ गणनाको पाँचौं संस्करण वि.स. २०८२ पौष १ गतेबाट सुरु हुने भएको छ। यसअघि चौथो राष्ट्रिय बाघ गणना २०७८ मंसिर १९ गतेबाट सुरु भई २०७९ फागुन २८ गते सम्पन्न भएको थियो जसको नतिजा अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर २०७९ साउन १३ गते सार्वजनिक गरिएको…

