२० वर्षभन्दा कम उमेरमा गर्भवती हुने र गर्भपतन सेवा लिनेको संख्या बढ्दै, प्रजनन स्वास्थ्यमा चुनौती गहिरिँदै
म्याग्दी — प्रादेशिक अस्पताल बेनीमा सुत्केरी सेवाभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढी देखिन थालेको छ, विशेषगरी २० वर्षभन्दा कम उमेरका किशोरी तथा युवतीमा। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा अस्पतालमा १७७ सुत्केरी हुँदा १९१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। तीमध्ये २० वर्षमुनि गर्भपतन गराउने ८ जना…

