मङ्सिर २८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA)ले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा नेपाली कांग्रेसका नेता सन्तोष चालिसे विरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले चालिसेसँग ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बराबरको बिगो कायम गरेको जनाएको छ।

मुद्दा दायर गर्दा अख्तियारले बिगोअनुसार जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय समेत माग गरेको छ।

काठमाडौँ–३ बाट वि.स २०७९ सालमा प्रतिनिधिसभा सद्स्य निर्वाचित भैसकेका उनी विघटित संसदको अर्थ समितिका सभापति पनि रहिसकेका छन्। यसअघि उनी २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाका मेयर पनि निर्वाचित भइसकेका थिए।

के यो उपयोगी थियो?
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

