मन्त्रिपरिषद् विस्तार – नवनियुक्त ४ मन्त्रीसहित सदस्य संख्या १४ पुग्यो

Screenshot 20251212 154617 YouTube

मङ्सिर २६, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् चौथो पटक विस्तार भएको छ । प्रधानमन्त्री कार्यालयले बिहीबार नै राष्ट्रपति समक्ष नाम सिफारिस गरिएका चारजनालाई मङ्सिर २६ गते शुक्रबार राष्ट्रपतिद्वारा नियुक्ति प्रदान गर्दै शपथ ग्रहण गराएपछि मन्त्रिपरिषद्को आकार १४ सदस्यीय पुगेको हो।

प्रधानमन्त्री कार्यालयका अनुसार नयाँ मन्त्रीहरूमा
कुमार इङ्नाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ समावेश छन्।

मन्त्रालयको जिम्मेवारी यस प्रकार तोकिएको छ

कुमार इङ्नाम — भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

माधव चौलागाईं — वन तथा वातावरण मन्त्रालय

राजेन्द्रसिंह भण्डारी — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

श्रद्धा श्रेष्ठ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

नवनियुक्त मन्त्रीहरूको पृष्ठभूमि

कुमार इङ्नाम — पेशाले अधिवक्ता

माधव चौलागाईं — जनस्वास्थ्यविद्

राजेन्द्रसिंह भण्डारी — अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी)

श्रद्धा श्रेष्ठ — नेपाल पर्यटन बोर्डकी पूर्व कर्मचारी

वर्तमान मन्त्रीपरिषदमा नयाँ चार मन्त्री थपिएसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् अब १४ सदस्यीय संरचनामा परिणत भएको छ।
मन्त्रालयहरूको कार्यक्षमता र प्रशासनिक गति मजबुत बनाउन एवम राज्य सञ्चालन प्रक्रियालाई नियमित अघि बढाउन यो विस्तार महत्त्वपूर्ण रहेको जनाइएको छ।

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *