भद्रपुरमा दुई नाबालिकामाथि जबरजस्ती करणीको आरोप: स्थानीय दुई युवक पक्राउ

A fast track POCSO court has sentenced 53 year old 1692741623884

पौष २, भद्रपुर, झापा । झापाको भद्रपुर नगरपालिकामा दुई नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा स्थानीय दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ निवासी २१ वर्षीय अक्षय सापकोटा र भद्रपुर नगरपालिका–३ निवासी २३ वर्षीय विवेक राई पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पीडित नाबालिका साङ्केतिक नाम ब–१ (१५ वर्ष) र भ–१ (१३ वर्ष) मिति २०८२/०८/२७ गते घरबाट बाहिरिएपछि सम्पर्कविहीन भएका थिए। परिवारजनले खोजतलास गर्ने क्रममा उनीहरूलाई २०८२/०८/२९ गते फेला पारी सोधपुछ गर्दा घटनाबारे जानकारी खुलेको हो।

पीडितको कथनअनुसार उनीहरू २०८२/०८/२८ गते भद्रपुर बजारमा लागेको मेला घुम्ने क्रममा ती युवकहरूसँग भेट भएका थिए। त्यसपछि आरोपितहरूले ललाइफकाइ गरी उनीहरूलाई अक्षय सापकोटाको घरमा लगेका थिए। सोही दिन दिउँसो करिब १२:३० बजे दुई नाबालिकालाई छुट्टाछुट्टै कोठामा राखी जबरजस्ती करणी गरिएको पीडितको बयानमा उल्लेख छ।

प्रहरीका अनुसार विवेक राईले साङ्केतिक नाम ब–१ माथि र अक्षय सापकोटाले साङ्केतिक नाम भ–१ माथि करणी गरेको आरोप छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाउँदै मिति २०८२/०९/०१ गते विवेक राई र मिति २०८२/०९/०२ गते अक्षय सापकोटालाई पक्राउ गरेको हो। हाल दुवै अभियुक्त प्रहरी नियन्त्रणमा छन् र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *