झापा मेचीनगरमा ‘खुट्टाडाँगी नाइट सुपर सिक्स क्रिकेट’

WhatsApp Image 2026 09 30 at 8.01.54 AM

मेचीनगर, झापा । राजेश बजाज मोटर्सको मुख्य प्रायोजनमा झापाको मेचीनगर–९ स्थित खुट्टाडाँगी क्रिकेट मैदानमा आगामी असोज २४ गते ‘खुट्टाडाँगी नाइट सुपर सिक्स क्रिकेट प्रतियोगिता’को दोस्रो संस्करण आयोजना हुने भएको छ।

स्थानीय खेलकुदको प्रवर्द्धनसँगै युवा तथा स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले सरस्वती क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिताको मुख्य प्रवर्द्धकमा हेयर रिगेन एन्ड डर्मा सोलुसन, वैदेशिक अध्ययन साझेदारमा कङ्गारु, शिक्षा साझेदारमा माँ सरस्वती एजुकेसन फाउन्डेसन तथा मोबिलिटी (यातायात) साझेदारमा बाइकिर्स जोन रहेका छन्।

एकेडेमीका अध्यक्ष सजेश पुरीका अनुसार प्रतियोगितामा प्रत्येक टोलीबाट ६ जना खेलाडीले सहभागिता जनाउनेछन्। खेल ५–५ ओभरको नकआउट ढाँचामा सञ्चालन हुनेछ। एकै रातमा सम्पन्न हुने प्रतियोगितामा झापाका विभिन्न स्थानबाट करिब २० देखि २५ टोलीको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ।

रात्रीकालीन समयमा आयोजना हुने भएकाले प्रतियोगितालाई थप आकर्षक बनाउन मैदानमा विशेष प्रकाश तथा लाइटिङको व्यवस्था गरिनेछ। खेलाडीका लागि प्रतिस्पर्धात्मक वातावरणसँगै दर्शकका लागि पारिवारिक, मनोरञ्जनात्मक र उत्साहपूर्ण वातावरण निर्माण गर्ने तयारी आयोजकले गरिरहेको जनाएको छ।

प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। खेल हेर्न तथा सहभागी खेलाडीलाई हौसला प्रदान गर्न २ हजारभन्दा बढी दर्शक तथा खेलप्रेमी मैदानमा उपस्थित हुने अनुमान गरिएको छ।

रात्रीकालीन क्रिकेटको माध्यमबाट स्थानीय स्तरमा क्रिकेटप्रतिको आकर्षण बढाउँदै नयाँ पुस्तालाई खेलकुदमा थप सक्रिय बनाउने र प्रतिभावान् स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर सिर्जना गर्ने लक्ष्य आयोजकले राखेको छ।

खुट्टाडाँगीमा हुने दोस्रो संस्करणको यो प्रतियोगिताले स्थानीय खेलकुदप्रेमी, युवा खेलाडी तथा दर्शकलाई एउटै मैदानमा जोड्दै क्रिकेटसँगै मनोरञ्जनको विशेष माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।

WhatsApp Image 2026 09 30 at 8.01.54 AM

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *