मछिन्द्र विदेशी टिमलाई उछिन्दै सेमिफाइनलमा
माघ २९ , बिर्तामोड । बिर्तामोडमा जारी सातौ एक्स्टृम झापा गोल्ड कप प्रतियोगितामा मछिन्द्र फुटबल क्लबले पाहुना टिम मलेसियाको एन पेनाङ एफसीलाई २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। राष्ट्रिय खेलाडीहरू रहेका मछिन्द्रले मलेसियाको दबाब सामना गर्दै कठिन जित निकालेको हो।खेलको १९औँ मिनेटमा मछिन्द्रले पहिलो अग्रता बनाएको थियो। डिबक्समा विपक्षी डिफेन्डरले क्लियर गर्न…

