मछिन्द्र विदेशी टिमलाई उछिन्दै सेमिफाइनलमा

FB IMG 1770902225459

माघ २९ , बिर्तामोड । बिर्तामोडमा जारी सातौ एक्स्टृम झापा गोल्ड कप प्रतियोगितामा मछिन्द्र फुटबल क्लबले पाहुना टिम मलेसियाको एन पेनाङ एफसीलाई २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। राष्ट्रिय खेलाडीहरू रहेका मछिन्द्रले मलेसियाको दबाब सामना गर्दै कठिन जित निकालेको हो।
खेलको १९औँ मिनेटमा मछिन्द्रले पहिलो अग्रता बनाएको थियो। डिबक्समा विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मछिन्द्रका सनिश श्रेष्ठले गोलमा परिणत गरे। गोलकिपरको हातबाट फर्किएको बल मलेसियाका खेलाडीलाई छोई गोल भएको थियो।
८०औँ मिनेटमा मछिन्द्रले दोस्रो गोल थप्यो। विदेशी खेलाडी जोनाथन जोरिल्लाले मार्टिन डामिलोको खुट्टाबाट फुत्किएको बललाई चिप गर्दै गोल गरेका थिए। मलेसियाका लागि जोन जिडेइनाले खेलको ६०औँ मिनेटमा एकमात्र गोल गरे। मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको हातबाट फर्किएको बल उनले गोलमा परिणत गरेका थिए।
खेलको सर्वोत्कृष्ट खेलाडीको उपाधि मछिन्द्रका जोनाथन जोरिल्लालाई दिइयो। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल शुक्रबार आयोजक टिम झापा ११ एफसी र सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबबीच हुनेछ। विजेताले नगद १५ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पाउनेछ। उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पुरस्कारको रुपमा प्राप्त गर्ने आयोजकले जनाएको छ।
साथै, विधागत उत्कृष्टता अनुसार उत्कृष्ट कोच, हाइ स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको फाइनल फागुन ४ गते खेलिनेछ।

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *