सुन तोलाकै २ लाख नजिक, हालसम्मकै उच्च

gold e1744622667179

काठमाडौं – नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १,००० रुपैयाँले बढेर ऐतिहासिक रूपमा १,९९,४०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

यसअघि मंगलबार सुनको मूल्य १,९८,५०० रुपैयाँ पुगेको थियो। त्यसपछिल्लो दिन बुधबार सो मूल्य १०० रुपैयाँ घटेर १,९८,४०० रुपैयाँमा झरेको थियो। बिहीबार भने कुनै परिवर्तन नभई सोही मूल्यमा स्थिर रह्यो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला २,३२५ रुपैयाँमा कारोबार भइरहेको छ।

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *