क्यान महानिर्देशक प्रदीप अधिकारी पक्राउ, नलिन्चोक हेलिप्याडमा अनियमितता आरोप

1000056963 overlay.jpg

मङ्सिर १८,झापा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी तथा पूर्व निर्देशक मुरारी भण्डारीलाई भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले पक्राउ गरेको छ।

अख्तियारमा दर्ता भएको उजुरीअनुसार, नलिन्चोकस्थित क्यानकै स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) नगरी, कानुनी प्रक्रिया र आवश्यक शर्तहरू बेवास्ता गरिएको आरोप छ।

अधिकारिक रूपमा दायर भएको भ्रष्टाचार मुद्दामा अधिकारी र भण्डारीसँगै ठेकेदार कम्पनीका प्रतिनिधि र पाँच अन्य व्यक्तिहरू पनि नामित गरिएको अख्तियार स्रोतले जनाएको छ।

अख्तियारले दुवै जनालाई बुधबार नियन्त्रणमा लिएर विशेष अदालतमा पेश गरेको हो।

उक्त हेलिप्याडको उद्घाटन २०८१ असारमा तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङ र महानिर्देशक अधिकारीले संयुक्त रूपमा गरेका थिए।

यसअघि पनि अधिकारीमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार आरोपमा अख्तियारले छुट्टै छानबिन गर्दै आएको छ। संसदको लेखा समितिले समेत अधिकारीको प्रारम्भिक भूमिका विवादास्पद रहेको भन्दै छानबिन तथा कारबाही सिफारिस गरेको थियो।

अख्तियारले दुवै घटनाको फाइललाई एउटै प्रक्रियामा अघि बढाउँदै दोष प्रमाणित भए विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको जनाइएको छ।

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *