नेपाल–भारत सीमा नाकामा व्यापार सुस्त, तराईका व्यापारी चिन्तित
बिरगंज – नेपाल–भारतका प्रमुख व्यापार नाका वीरगंज, भद्रपुर र भैरहवामा आयात–निर्यात गतिविधि सुस्त भएपछि स्थानीय व्यापारीहरू चिन्तित बनेका छन्। पछिल्लो एक महिनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को कडाइ, कागजी प्रक्रिया ढिलो र मालवाहक ट्रकको ढुवानीको समय बढेपछि व्यापारमा प्रभाव परेको व्यापारीहरूको भनाइ छ। वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रवीण अग्रवालका अनुसार नाकामा कस्टम पास…

