अध्यादेशपछि थपिए ८ लाख ३७ हजार नयाँ मतदाता
झापा — निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मुलुकभरका मतदाताको संख्या १ करोड ९० लाख ५ हजार ३२४ पुगेको छ। गत कात्तिक १६ सम्म यो संख्या १ करोड ८१ लाख ६८ हजार २३० थियो।
सरकारले मतदाता नामावलीमा नाम दर्ता छुटेकालाई पुनः अवसर दिन अध्यादेश ल्याएपछि असोज ९ देखि मंसिर ५ सम्म दर्ता तथा अद्यावधिक अभियान सञ्चालन गरिएको थियो। आयोगका अनुसार सो अवधिमा ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता दर्ता भएका छन्।
नयाँ दर्ता भएका मध्ये —
बायोमेट्रिक्समार्फत दर्ता हुने: ३,४४,९१४
राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुने: ४,९२,१८०
आयोगले छानबिन तथा उजुरी प्रक्रिया पूरा गरेर पुस १५ भित्र अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई उद्देश्य बनाएर गरिएको दर्ता अभियानले युवा सहभागिता उल्लेख्य रूपमा बढेको आयोगको भनाइ छ। यद्यपि विदेशस्थित आप्रवासी नेपालीलाई मताधिकार दिने विषयमा भने हालसम्म कुनै ठोस प्रक्रिया अघि बढेको देखिदैन।

