नेपालका स्टार लेग स्पिनर सन्दिप लामिछाने राजशाही वारियर्सद्वारा अनुबन्धित

FB IMG 1765702180783

मङ्सिर २८, काठमाडौं । नेपालका चर्चित लेग स्पिनर सन्दिप लामिछाने आगामी बंगलादेश प्रिमियर लिग (BPL) २०२६ का लागि राजशाही वारियर्स टिमद्वारा औपचारिक रूपमा डिसेम्बर १५ ,आइतबार अनुबन्धन गरिएको छ।
यस अनुबन्धनसँगै सन्दिपले बंगलादेशको प्रिमियर टी–२० लिग बीपीएल मा खेल्ने अवसर पाएका छन्। यो सहकार्य उनको अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट करियरका लागि महत्वपूर्ण कदम मानिएको छ।
अनुबन्ध र टिम विवरण
राजशाही वारियर्सले सन्दिपलाई यो सिजनका लागि आफ्नो बलिङ विभाग मजबुत पार्ने उद्देश्यका साथ प्रमुख खेलाडीको रूपमा चयन गरेको हो। बंगलादेश प्रिमियर लिगमा उनको यो पहिलो औपचारिक अनुबन्ध हो । यसअघि उनीले सन् २०१९ मा सिलेट टोलीसहित बीपीएल खेल्ने अवसर पाएका थिए तर यस पटक राजशाहीमा खेल्ने निश्चित भएको छ ।
राजशाही वारियर्स बीपीएलको Yellow Army नामले परिचित फ्रेन्चाइज हो जसको नेतृत्व २०२५–२६ सिजनमा कप्तान नजमुल हुसैन शान्तो ले गर्दैछन्।
सन्दिपको भूमिका र अपेक्षा
सन्दिप लामिछाने नेपालका सबैभन्दा अब्बल टि ट्वाइन्टि स्पिनर मध्ये एक हुन् जसले विश्वभरका विभिन्न लिगहरूमा आफ्नो बलिङ कौशल प्रदर्शन गरिसकेका छन्। उनको अनुबन्धले राजशाही वारियर्सको स्पिन क्याडरलाइ थप मजबुत बनाउने  तथा गेमलाइ रणनीतिक रुपमा कायापलट गराउन मद्दत पुग्ने  विश्वास टिम व्यवस्थापनले व्यक्त गरेको छ।
बीपीएल २०२६ डिसेम्बर २६ देखि सुरु हुने अनुमान गरिएको छ  र सन्दिपलाई महत्त्वपूर्ण विकेट टेकरको रुपमा हेरिएको छ।
सन्दिपको क्रिकेट यात्रा
सन्दिप लामिछाने नेपाली क्रिकेटको वर्तमान समयका चर्चित खेलाडी हुन्। विशेष त लेग स्पिनमा विविधतापुर्ण बलिङले उनी छोटो समयमै चर्चित बनेका हुन।लामिछनेले  इन्डियन प्रिमियर लिग (IPL) मा दिल्ली क्यापिटल्सबाट खेल्ने पहिलो नेपाली क्रिकेटर समेत बनिसकेका छन।

1000058626

उनले यसअघि अष्ट्रेलियाको बिग ब्यास लिग (BBL) र क्यारिबियन प्रिमियर लिग (CPL) जस्ता प्रमुख फ्रेन्चाइज लिगहरूमा सहभागिता जनाइसकेका छन।हिजोमात्र सम्पन्न भएको नेपाल प्रेमियर लिगको दोस्रो संस्करण अन्तर्गत कुल १७ विकेटको सफलता सहित उनी बेस्ट बलर समेत घोषित भएका हुन।
उनको यो अनुबन्धलाइ अन्तर्राष्ट्रिय टी–२० लिगमा नेपालको नयाँ उपलब्धी एवम गौरवको विषयका रूपमा हेरिएको छ।

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *