के हो साइलेन्ट हार्ट अट्याक ? कसरी चिन्ने लक्षण ?


काठमाडौँ । हिजोआज हृदयाघातका घटनाहरू बढ्दै गइरहेका छन् । वृद्ध वृद्धामा मात्रै होइन, युवाहरूमा पनि हृदयाघातका घटनाहरू द्रुत गतिमा बढिरहेका छन् । खराब जीवनशैली र गलत खानपानले मानिसहरूको मुटु कमजोर बनाइरहेको छ । 

पहिला यो समस्या वृद्ध वृद्धामा देखिन्थ्यो, अहिले युवाहरू पनि द्रुत गतिमा यसको सिकार भइरहेका छन् । यो यस्तो समस्या बनेको छ कि सबैले यसको बारेमा कुरा गर्छन् ।  तर कसैले  पनि साइलेन्ट हार्ट अट्याकको बारेमा कुरा गरिरहेको देखिँदैन ।  

साइलेन्ट हार्ट अट्याक, जसलाई ‘मायोकार्डियल इन्फाक्र्शन’ पनि भनिन्छ । यो यस्तो हृदयाघात हो जसको बारेमा व्यक्तिलाई थाहा पनि हुँदैन । त्यसैले यसलाई बढी खतरनाक मानिन्छ । आजको यस लेखमा हामी साइलेन्ट हार्ट अट्याकसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी दिनेछौँ । 

के हो साइलेन्ट हार्ट अट्याक ?

नामबाटै थाहा हुन्छ कि यो एक यस्तो आक्रमण हो जसको आगमन प्रायः थाहा हुँदैन । यसमा छाती दुख्ने वा अचानक बेहोस हुने कुनै कुरा हुँदैन, तर व्यक्तिले हप्ता, महिना वा वर्ष पछि नियमित ईसीजीमार्फत मात्र यसको बारेमा थाहा पाउन सक्छ । यसको कुनै विशेष लक्षण हुन्न । तर यसको मतलब यो होइन कि यसबाट कुनै खतरा छैन । यसका केही सङ्केतहरूमा ध्यान दिन धेरै जरुरी छ ।

सबैभन्दा ठुलो चेतावनी सङ्केत

साइलेन्ट हार्ट अट्याक हुनुभन्दा पहिले, एउटा लक्षण देखिन्छ, जसलाई मानिसहरूले सामान्य ठानेर बेवास्ता गर्छन् । यो लक्षण निरन्तर थकान बाहेक अरू केही होइन । यो केवल दिनभरिको भागदौडपछि हुने सामान्य थकान मात्र होइन । यो एक खाले निरन्तर थकान हो जुन रातको पूरा निद्रा वा पर्याप्त आराम पछि पनि हट्दैन । यदि तपाईंलाई यस्तो केहि महसुस हुन्छ भने, यसलाई हल्का रूपमा नलिनुहोस् । 

यस्तो थकान किन हुन्छ ?

मुटुमा रगतको प्रवाह कम भएकोले यसले राम्रोसँग रगत पम्प गर्न सक्दैन । मांसपेशी र अङ्गहरूमा कम अक्सिजन पुग्ने हुँदा सामान्य गतिविधिहरू गर्दा वा सामान्य रूपमा बस्दा पनि तपाईँ निरन्तर थकित महसुस भइरहन्छ । 

बेवास्ता गर्न नहुने अन्य केही लक्षणहरू

  • छातीमा तीव्र दुखाइ हुँदैन । तर कसैले थिचेको जस्तो भारीपन वा कसिलोपनको अनुभूति भइरहनु । 
  • हल्का गतिविधि वा आराम गर्दा पनि सास फेर्न गाह्रो हुनु ।
  • बङ्गारा, घाँटी, ढाड वा हातमा दुखाइ हुने । यसलाई कहिलेकाहीँ मांसपेशीको दुखाईको रूपमा गलत बुझिन्छ । 
  • चक्कर लाग्ने वा हल्का टाउको दुख्ने । 
  • परिश्रम वा गर्मी जस्ता कुनै कारण बिना पसिना आउनु । 
  • पेटमा अप्ठ्यारो (एसिडिटी वा ग्यास जस्तो) महसुस हुन्छ । 
  • निदाउन गाह्रो हुनु वा सुतेपछि पनि थकान महसुस हुनु । 

साइलेन्स अर्ट अट्याक  कसरी खतरनाक हुन सक्छ ?

साइलेन्ट हर्ट अट्याक खतरनाक हुँदैन भन्ने सोचिन्छ । तर यो पूर्ण रूपमा सत्य होइन । तपाईँले यसलाई बेवास्ता गर्ने गल्ती गर्नुभयो भने, यसले चुपचाप निम्न तरिकाले स्वास्थ्यलाई हानि पुर्‍याउँछ:

  • मुटु कमजोर हुनु
  • स्कार टिस्यू बन्छ 
  • मुटुको कार्य खराब हुन्छ र हर्ट फेलियर हुन्छ 
  • गम्भीर हृदयाघातको सम्भावना बढ्छ
  • मुटुको धड्कन अनियमित हुन्छ 
  • अचानक हृदयाघात हुन सक्छ 
  • स्ट्रोकको खतरा बढ्छ 

यी व्यक्तिहरूलाई हुन्छ बढी जोखिम 

  • मधुमेहबाट पीडित व्यक्तिहरू
  • उच्च रक्तचाप वा उच्च कोलेस्ट्रोल भएका व्यक्तिहरू
  • धूम्रपान गर्ने वा अस्वस्थ जीवनशैली अपनाउने व्यक्तिहरू
  • वृद्ध व्यक्तिहरू
  • महिलाहरू, जसका लक्षणहरू प्रायः हल्का हुन्छन् वा तनाव वा चिन्ताको लागि गलत मानिन्छ
  • मुटुको समस्याको पारिवारिक इतिहास भएका व्यक्तिहरू

आफ्नो हेरचाह कसरी गर्ने?

  • निरन्तर थकानलाई बेवास्ता नगर्नुहोस् 
  • मधुमेह, उच्च रक्तचाप, धूम्रपान जस्ता जोखिम कारकहरू जानिराख्नुस् ।
  • स्वस्थ जीवनशैली अपनाउनुहोस् । 
  • उचित उपचार गराउनुहोस् अनि आफ्नो स्वास्थ्य अवस्था नियन्त्रण राख्नुहोस् ।
  • उच्च जोखिममा हुनुहुन्छ भने नियमित स्वास्थ्य जाँचहरू गराउनुहोस् 
  • कुनै कारण बिना थकित महसुस गर्नुहुन्छ भने, चाँडै डाक्टरलाई भेट्नुहोस् 

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *