काठमाडौँ । कक्षा १२ को नतिजा हालै सार्वजनिक भएसँगै स्नातक तहको नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । यस्तो बेलामा नयाँ सीप सिक्न, पढाइलाई प्रभावकारी बनाउन र व्यावसायिक काममा समेत उपयोगी हुने एउटा राम्रो तथा किफायती ल्यापटपको खोजी बढेको छ । विशेषगरी विद्यार्थी र पेशाकर्मीका लागि आफ्नो बजेटभित्रै उच्च प्रदर्शन दिने ल्यापटप छनोट गर्नु चुनौतीपूर्ण हुन्छ ।
बजारमा उपलब्ध ७० हजार रुपैयाँभन्दा कम मूल्यका उत्कृष्ट ६ ओटा ल्यापटपको सूची यहाँ तयार पारिएको छ । यी ल्यापटपले दैनिक काम, पढाइ, मल्टिटास्किङ र सामान्य मनोरञ्जनका लागि आवश्यक पर्ने पर्फमेन्स र सुविधा प्रदान गर्छन् । यी ल्यापटप हुकुट स्टोर जस्ता अनलाइन प्लेटफर्मबाट सजिलै खरिद गर्न सकिन्छ ।
विद्यार्थीका लागि उत्कृष्ट ६ ल्यापटप:
१. एसर एस्पायर ३ आर३ (Acer Aspire 3 R3)
मूल्य: रु. ४७,९९९/-
यो सूचीको सबैभन्दा किफायती विकल्प हो । सामान्य दैनिक काम, अनलाइन कक्षा र अफिसका सामान्य कामका लागि यो एक उपयुक्त विकल्प हो । यसमा भएको ८ जीबी र्यामलाई ३२ जीबीसम्म अपग्रेड गर्न सकिने सुविधाले यसलाई भविष्यका लागि पनि उपयोगी बनाएको छ ।
मुख्य फिचर:
- प्रोसेसर: AMD Ryzen 3 7330U (4 Cores / 8 Threads)
- र्याम: ८ जीबी DDR4 (३२ जीबीसम्म अपग्रेड गर्न मिल्ने)
- स्टोरेज: ५१२ जीबी PCIe Gen4 NVMe SSD
- डिस्प्ले: १५.६ इन्च Full HD (1920×1080) IPS
- कनेक्टिभिटी: Wi-Fi 6, USB Type-C (2 ports)
यहाँ क्लिक गरेर यस ल्यापटपबारे थप जान्न सक्नुहुन्छ ।
२. एसर एस्पायर लाइट (Acer Aspire Lite)
मूल्य: रु. ४८,९९९/-
यदि तपाईंलाई हल्का र बोक्न सजिलो ल्यापटप चाहिन्छ भने यो उत्तम विकल्प हो । केवल १.४ केजी तौल र १४ इन्चको कम्प्याक्ट डिस्प्लेले यसलाई यात्रा गरिरहने विद्यार्थी र व्यावसायिक व्यक्तिका लागि उपयुक्त बनाएको छ ।
मुख्य फिचर:
- प्रोसेसर: Intel® Core™ 3-N355 (8 Cores)
- र्याम: ८ जीबी LPDDR5
- स्टोरेज: ५१२ जीबी SSD
- डिस्प्ले: १४ इन्च WUXGA (1920×1200) IPS
- तौल: १.४ केजी
यहाँ क्लिक गरेर यस ल्यापटपबारे थप बुझ्न सक्नुहुन्छ ।
३. लेनोभो भी१५ (Lenovo V15 G4)
मूल्य: रु. ५२,९९९/-
लेनोभोको यो मोडल बलियो र भरपर्दो पर्फमेन्सका लागि चिनिन्छ । यसमा भएको १३ औं पुस्ताको इन्टेल कोर आई थ्री प्रोसेसरले मल्टिटास्किङलाई सहज बनाउँछ । क्यामेरा प्राइभेसी सटर र इथरनेट पोर्ट समावेश हुनुले यसलाई अफिसको कामका लागि थप सुरक्षित र उपयोगी बनाएको छ ।
मुख्य फिचर:
- प्रोसेसर: Intel Core i3-1315U (6 Cores / 8 Threads)
- र्याम: ८ जीबी DDR4
- स्टोरेज: ५१२ जीबी PCIe 4.0 NVMe SSD
- डिस्प्ले: १५.६ इन्च Full HD (1920×1080) IPS, 300 nits
- विशेषता: क्यामेरा प्राइभेसी सटर, गिगाबिट इथरनेट पोर्ट
यस ल्यापटपबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
४. आसुस भिभोबुक गो (ASUS Vivobook Go)
मूल्य: रु. ५५,४९९/-
आकर्षक डिजाइन र हल्का तौल (१.३८ केजी) भएको यो ल्यापटपले राम्रो पोर्टेबिलिटी प्रदान गर्दछ । एएमडी राइजेन ७००० (AMD Ryzen 7000) सिरिजको प्रोसेसर र एलपीडीडीआर फाइभ (LPDDR5) र्यामले यसलाई छिटो र प्रभावकारी बनाएको छ ।
मुख्य फिचर:
- प्रोसेसर: AMD Ryzen™ 3 7320U (4 Cores / 8 Threads)
- र्याम: ८ जीबी LPDDR5
- स्टोरेज: ५१२ जीबी NVMe PCIe 3.0 SSD
- डिस्प्ले: १४ इन्च Full HD (1920×1080)
- तौल: १.३८ केजी
यहाँ क्लिक गरेर यस ल्यापटपबारे थप बुझ्न सक्नुहुन्छ ।
५. एसर एस्पायर ३ आर५ (Acer Aspire 3 R5)
मूल्य: रु. ७०,०००/-
यदि तपाईंको बजेट अलि बढी छ र पावरफुल पर्फमेन्स चाहनुहुन्छ भने यो ल्यापटप तपाईंका लागि उपयुक्त हुनसक्छ । एएमडी राइजेन फाइभ (AMD Ryzen 5) प्रोसेसर र १६ जीबी र्यामको कम्बिनेसनले गेमिङदेखि भिडिओ एडिटिङ जस्ता सफ्टवेयर चलाउन पनि मद्दत गर्छ ।
मुख्य फिचर:
- प्रोसेसर: AMD Ryzen™ 5 7430U (6 Cores / 12 Threads)
- र्याम: १६ जीबी DDR4
- स्टोरेज: ५१२ जीबी NVMe SSD
- डिस्प्ले: १५.६ इन्च Full HD (1920×1080) IPS
- कनेक्टिभिटी: Wi-Fi 6, USB Type-C (2 ports)
यहाँ क्लिक गरेर यस ल्यापटपबारे थप बुझ्न सक्नुहुन्छ ।
६. लेनोभो आइडियाप्याड स्लिम ३ आर५ (Lenovo Ideapad Slim 3 R5)
मूल्य: रु. ६१,९९९/-
पातलो, आकर्षक लुक्स र पर्फमेन्स सहितको यस ल्यापटपले प्रिमियम अनुभव दिन्छ । १६ जीबी तीव्र गतिको एलपीडीडीआरफाइभ (LPDDR5) र्याम, शक्तिशाली राइजेन फाइभ (Ryzen 5) प्रोसेसर र ३०० निट्स ब्राइटनेस भएको डिस्प्ले यसका मुख्य आकर्षण हुन् । यसमा भएको र्यापिड चार्ज बुस्टले १५ मिनेटको चार्जमा २ घण्टासम्मको ब्याट्री ब्याकअप दिने कम्पनीले जनाएको छ ।
मुख्य फिचर:
- प्रोसेसर: AMD Ryzen™ 5 7520U (4 Cores / 8 Threads)
- र्याम: १६ जीबी LPDDR5 (5500MHz)
- स्टोरेज: ५१२ जीबी SSD
- डिस्प्ले: १४/१५.६ इन्च Full HD (1920×1080) IPS, 300 nits
- विशेषता: र्यापिड चार्ज बुस्ट, वाईफाई सिक्स
यहाँ क्लिक गरेर यस ल्यापटपबारे थप जानकारी लिन सक्नुहुन्छ ।
७० हजार रुपैयाँभन्दा कम मूल्यमा पनि बजारमा विभिन्न आवश्यकता पूरा गर्ने उत्कृष्ट ल्यापटप उपलब्ध छन् । आफ्नो आवश्यकता, बजेट र प्राथमिकता अनुसार यीमध्ये कुनै पनि ल्यापटप छनोट गर्न सक्नुहुन्छ ।

