आरसीबी फ्यान क्लब नेपालद्वारा आसिफलाई जर्सी प्रदान

aasif rcb jersey

२२ साउन, काठमाडौं । आरसीबी फ्यान क्लब नेपालले नेपाली राष्ट्रिय टोलीका विकेटकिपर ब्याटर आसिफ शेखलाई आरसीबी (रोयल च्यालेन्जर्स बेङ्गलुरु) का सम्पूर्ण खेलाडीहरूले हस्ताक्षर गरेको विशेष जर्सी प्रदान गरेको छ।

आरसीबी फ्यान क्लब नेपाल, जो आइपीएल टोली आरसीबीको नेपालस्थित आधिकारिक फ्यान क्लब हो, पछिल्लो एक वर्षदेखि नेपाली समर्थकहरूलाई जोड्ने विभिन्न अनलाइन र अफलाइन गतिविधिमा सक्रिय रहँदै आएको छ।

विशेष कार्यक्रम अन्तर्गत क्लबले आसिफसँग भेटघाट गर्दै अन्तर्वार्ता समेत आयोजना गर्‍यो। सो अन्तर्वार्तामा आसिफले आफ्नो क्रिकेट यात्रा, नेपाली क्रिकेटको प्रगति, विराट कोहलीप्रतिको सम्मान र आरसीबीप्रतिको प्रेम खुलस्त रुपमा व्यक्त गरेका थिए।

अन्त्यमा क्लबले आरसीबी फ्रेन्चाइजबाट पठाइएको, विराट कोहलीलगायत सम्पूर्ण खेलाडीहरूको हस्ताक्षर रहेको आरसीबीको “Class of 2025” जर्सी आसिफलाई टोकन अफ अप्रिसिएसनको रूपमा प्रदान गरेको हो।

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *