झापा बुद्धशान्ति गाउँपालिका–४ कालिखोला स्थित मेची राजमार्गमा गएराति साढे ११ बजे भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् ।बुधबारेबाट इलामतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प ५८०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मेचीनगर नगरपालिका–१३ का ५० वर्षीय पंकज गिरी र पछाडि सवार ४३ वर्षीय आशिष गिरी घाइते भएको प्रहरी चौकी बुधबारेले जनाएको छ ।दुर्घटनामा चालक पंकज गिरीको टाउको र दायाँ खुट्टामा चोट लागेको छ भने पछाडि सवार आशिष गिरीको टाउकोमा चोट लागेको छ । दुबैको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।उनीहरूको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परिएको मोटरसाइकल प्रहरी चौकी बुधबारेको नियन्त्रणमा राखिएको छ ।
के यो उपयोगी थियो?
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

