हुम्लामा हवाई टिकट वितरणमा ‘भागबन्डा’ प्रणाली लागू, कसले कति सिट पाउँछ ?

1703654600 wEkzI

हुम्ला — सिमकोट–नेपालगञ्ज हवाई उडानमा लामो समयदेखि देखिँदै आएको टिकट अभाव, अपारदर्शिता र मनपरी वितरण रोक्न जिल्ला प्रशासन कार्यालय हुम्लाले ‘कोटा (भागबन्डा) प्रणाली’ लागू गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा कात्तिक २९ गते बसेको सर्वपक्षीय बैठकले नयाँ प्रणाली लागू गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासनका अनुसार नयाँ कोटा प्रणाली यसरी निर्धारण गरिएको छः

कसले कति सिट पाउँछ ?

  • बिरामीका लागि : २ सिट
    आकस्मिक अवस्थालाई ध्यानमा राख्दै प्रशासनले बिरामीका लागि दुई सिट छुट्याएको छ। यी सिटको सिफारिस तथा व्यवस्थापन जिल्ला प्रशासन कार्यालयले नै गर्नेछ।
  • सरकारी कर्मचारीका लागि : ३ सिट
    सरकारी कामकाज तथा सेवासम्बन्धी यात्राका लागि तीन सिट छुट्याइएको छ। यसको सिफारिस पनि जिल्ला प्रशासन कार्यालयमार्फत हुनेछ।
  • एयरलाइन्सले अनलाइनमार्फत : ३ सिट
    एयरलाइन्स कम्पनीहरूले आफ्ना यात्रुका लागि तीन सिट अनलाइन प्रणालीमार्फत वितरण गर्न पाउनेछन्। इन्टरनेट नचल्ने अवस्थामा लाइनमै वितरण गर्न सकिने व्यवस्था पनि मिलाइएको छ।
  • सिमकोट गाउँपालिकाका वडाका लागि : २ सिट
    सिमकोट गाउँपालिकाका वडा नं. ५ र ६ लाई एक–एक सिट छुट्याइएको छ। यात्रुको सिफारिस सम्बन्धित वडा कार्यालयले गर्नेछ।

बाँकी सिट के हुन्छ ?

बाँकी रहेका सबै सिट एयरलाइन्स कम्पनीहरूको प्राथमिकतामा रहनेछन्। एयरलाइन्सले ग्राहक मैत्री ढंगले तथा सहजताको आधारमा यी सिट वितरण गर्न सक्नेछन्।

किन ल्याइयो ‘भागबन्डा’ प्रणाली ?

हुम्लामा हवाई यात्रा अत्यावश्यक सेवाको रूपमा मानिन्छ। तर टिकट नपाइने, केही समूहले मनपरी ढंगले सिट कब्जा गर्ने, अनलाइन पहुँच कमजोर हुनेजस्ता समस्या वर्षौंदेखि उठ्दै आएका थिए। यी गुनासोका कारण प्रशासनले व्यवस्थित र पारदर्शी ढंगले टिकट वितरण गर्न कोटा प्रणाली लागू गरेको हो।

नयाँ प्रणाली लागू भएपछि स्थानीयबासी, बिरामी, कर्मचारी र विद्यार्थीलाई टिकट पाउन सहज हुने अपेक्षा प्रशासनले जनाएको छ।

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *