मंसिर ९, झापा — MAW नेपालको आधिकारिक विक्रेता सयपत्री ट्रेड लिङ्कको बिर्तामोड शाखास्थित यमाहा शोरुमले मेचिनगर-६ काकरभिट्टामा रहेको हनुमान वर्कसप एण्ड रिकन्डिसन हाउसमा मङ्सिर ८ देखि ९ गतेसम्म संचालन गरेको दुई दिने बृहत् एफ.आइ अभियान सफलतापुर्बक सम्पन्न गरेको छ।
उक्त अभियानमा करिब २५० सेवाग्राही सहभागी भएको हनुमान वर्कसप एण्ड रिकन्डिसन हाउसका सञ्चालक खेम राउतले जानकारी दिनुभयो।
विगत १५ वर्षदेखि एफ.आइ प्रविधीमा उत्कृष्टता हासिल गर्दै आएको यमाहा कम्पनीले बिर्तामोडस्थित आफ्नो शाखाबाट पूर्वी क्षेत्रका सेवाग्राहीलाई लक्षित गरी टेस्ट ड्राइभ, निशुल्क एफ.आइ सर्भिसिङ, किस्ताबन्दीमा नयाँ बाइक–स्कुटर खरिद सुविधा, र पुराना गाडी साटेर नयाँ बाइक–स्कुटर लिने व्यवस्था अभियानमार्फत उपलब्ध गराएको थियो।
यो दुई दिनमा करिब ३० जनाले एफ.आइ सर्भिस गराएका, ३ जनाले पुराना बाइक साटेर नयाँ यमाहा बाइक खरिद गरेका तथा २०० भन्दा बढीले टेस्ट ड्राइभ गरेको सयपत्री ट्रेड लिङ्क, बिर्तामोडका सेल्स इन्चार्ज आकाश आचार्यले बताउनुभयो ।
बिर्तामोड शाखाले शोरूमको पहुँचभन्दा टाढा रहेका पूर्वका अधिकांश क्षेत्रलाई लक्षित गर्दै विगतदेखि नै यस्ता अभियानमार्फत सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा यस्ता अभियानलाइ अझै रचनात्मक रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

