उज्यालो मनकामना बालक्ल्बद्वारा मेची पारीको विद्यालयमा सहयोग : अवलोकन भ्रमण सफल

WhatsApp Image 2025 11 26 at 8.22.46 PM

मङ्सिर १०, झापा- बिर्तामोड १ स्थित मनकामना सेकेन्डरी स्कुल अन्तर्गत संचालित “उज्यालो मनकामना बालक्ल्बले”  आज मङ्सिर १० गते मेचिनगर १५ मा अवस्थित मेची पारिको गाउसम्मको अवलोकन भ्रमणका  क्रममा मेची पारिको गाउँ, ग्वालबस्तीमा रहेको श्री मेची प्राथमिक विद्यालयका विद्यार्थीहरुलाइ न्यानो कपडा एवम स्टेसनरी सामाग्री वितरण गरेको छ। बालक्लबले विद्यालयका ८ जना विद्यार्थीलाई ८ सेट जम्पर /ट्राउसर अनि ३० थान कपि र ६ प्याकेट पेनसिल सहयोग गरेको उज्यालो मनकामना बालक्लबकि फोकल शिक्षक सरिता पौडेलले बताउनुभयो।

“मेची नदि तरेर  विद्यालयसम्म पुग्दा करिब अढाइ कि मि को पैदल यात्रा , मेची पारी पनि अवस्थित नेपाली भु-भाग , विद्यालय नजिकै रहेको जङ्गी पिलर  अनि गाउले परिवेशले यो यात्रा विशेष अनि स्मरणीय  बनेको छ। ” , शिक्षक रुका ढुङानाले बताइन।


मेची पारीको विद्यालय श्री मेची प्रा. वि का प्रधानाध्यापक लोकेन्द्र थपलियाले उज्यालो मनकामना बालक्लबद्वारा गरिएको मेची पारी सम्मको यात्राको प्रशङ्शा गर्दै  विद्यालयप्रती क्लबले गरेको सहयोगका निमित्त धन्यवाद व्यक्त गर्नुभएको थियो भने  विद्यालयका वि.व्य.स अध्यक्ष आमल यादवले कल्बमार्फत उपस्थित सबै शिक्षक विद्यार्थीहरुलाइ मेची पारिको गाउँका बारेमा संक्षेपमा जानकारी गराउदै स्वागत गर्नुभएको थियो।
उज्यालो मनकामना बालकल्बकि अध्यक्ष अस्लेशा भण्डारिद्वारा संचालित कार्यक्रममा कल्बका विद्यार्थीहरुले विद्यालय एवम गाउँका सन्दर्भमा आधारित रहि विद्यालयका प्र.अ थपलियासङ्ग  अन्तरक्रिया समेत गरेका थिए। अन्तरकृयामा विद्यालयमा न्यून विद्यार्थी हुनुका कारण , भौगोलिक विकटता,मेची पारिको गाउँको ईतिहास अनि सिमा सुरक्षाजस्ता विषयको उठान गरिएको थियो।

बाल्कल्बले आफ्नो स्थापना देखि नै यस्ता रचनात्मक कार्यक्रम एवम सहयोग गर्दै आएको र विद्यालयले सामाजिक कार्यहरुमा कल्बलाई अग्रसर हुन  निरन्तर प्रेरित गर्दै आइरहेको मनकामना सेकेन्डरी स्कुलका प्रधानाध्यापक केशब ढुङानाले बताउनुभयो।
कल्बले भ्रमणबाट नेपालको पुर्वी सिमा क्षेत्र  बुझ्ने  साथै मेची पारिको गाउँजस्तो ग्रामिण क्षेत्रमा शिक्षामा देखिएका चुनौती अनि सिङ्गो गाउँको पृष्ठभुमि बुझ्ने र मनन गर्ने  सुनौलो अवसर पाएको क्लबकि अध्यक्ष अस्लेसा भण्डारिले बताएकी छिन। बिर्तामोडबाट मेचीपारिसम्मको यात्रामा विद्यार्थीहरुले मेचिनगर १५ स्थित नेपाल – भारत पुर्वी सिमामा अवस्थित जङ्गी पिलरको समेत अवलोकन गरेका थिए।

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *