इलाम,गोलाखर्क भञ्ज्याङमा दुर्घटना :२ जनाको मृत्यु

100005577 1

इलाम,मङ्सिर १३ ।  इलाम नगरपालिका–९, गोलाखर्क भञ्ज्याङ गोलाईमा शनिबार दिउँसो मेची राजमार्गमा भएको सडक दुर्घटनामा  परि दुई जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशाबाट आएका प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर ठोक्किन पुग्दा दुर्घटना भएको हो।

गम्भीर घाइते भएका स्कुटरमा सवार इलाम नगरपालिका-९ का २६ वर्षिय डेबिड राई र  इलाम -७ का  १८ वर्षीय छेवाङ शेर्पालाई उपचारका लागि जिल्ला अस्पताल ,इलाम  लगिएको  प्रहरीले जनाएको छ। 

उपचारकै  क्रममा  चिकित्सकहरुले दुवै जनालाई मृत घोषणा गरेका थिए। मृतक दुवैजना  गृन भ्याली एकाडेमीका शिक्षक रहेको  बताइएको छ।
प्रहरीले ट्रक चालक रामप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *