मङ्सिर १७, झापा । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको समस्या कम गर्ने प्रयासस्वरुप नेपाल सरकारले कोटेश्वर–जडीबुटी सडक खण्ड सुधार कार्यका लागि जापान सरकारसङ्ग आज एक औपचारिक कार्यक्रमकाबीच ऋण सम्झौता गरेको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (JICA) मार्फत यस परियोजनाका लागि करिब ३१ अर्ब ७६ करोड रुपैयाँको कर्जा उपलब्ध हुने अर्थ मन्त्रालयले जनाएको छ।
यस आयोजना अन्तर्गत कोटेश्वर चोकमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ। योजना पूरा भएपछि काठमाडौं, ललितपुर, भक्तपुर र बीपी राजमार्ग हुँदै आवत–जावत गर्ने सवारीसाधनहरुको सहजता बढ्ने र लामो समयदेखि समस्याग्रस्त ट्राफिक जाम घट्ने अपेक्षा गरिएको छ।
ऋणको ग्रेस अवधि १० वर्ष र भुक्तानी अवधि ३० वर्ष रहनेछ भने ब्याजदर ०.२ प्रतिशत तोकिएको छ भने
उक्त सम्झौतामा अर्थ सचिव घनश्याम उपाध्याय र जापानी राजदूत माएडा तोरुले हस्ताक्षर गरेका थिए।
सरकारले यस परियोजनालाई उपत्यकामा आधुनिक ट्राफिक व्यवस्थापनका लागि महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।

