एनआइसि एसिया बैंकको सेवा मध्यराति अवरुद्ध हुने

FB IMG 1764761017185

मङ्सिर १७, झापा । एनाआइसी एसिया बैंकले आफ्नो प्रविधि प्रणाली अद्यावधिक (system upgrade) गर्न लागेकाले आज मध्यराति १२:०५ बजेदेखि भोलि बिहान ३:०० बजेसम्म सेवा आंशिक रूपमा बन्द हुने सूचना जारी गरेको छ।

बैंकको सूचनाअनुसार, सो समयमा इन्टरनेट बैंकिङ (i‑Touch), मोबाइल बैंकिङ (MoBank), एटीएम, POS तथा बैंकले जारी गरेका डेबिट/क्रेडिट/प्रिपेड कार्डमार्फत हुने कारोबारहरू अस्थायी रूपमा अवरुद्ध अथवा असहज हुनसक्ने छ।

ग्राहकहरुमा पर्न जाने असुविधाको लागि बैंकले क्षमायाचना गर्दै उक्त समयमा कारोबार आवश्यक भएता पनि  अग्रिम व्यवस्था मिलाउन  सुझाव दिएको छ।

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *