कांग्रेसको १५औँ महाधिवेशन मिति तय-पुस २६देखि २८ सम्म

congress 3 e1763820420977

नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको सोमबार सानेपास्थित केन्द्रिय पार्टी कार्यालयमा बसेको बैठकले पार्टीको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। सोही बैठकले वर्तमान कार्यसमितिको कार्यअवधि माघसम्म थप गर्ने निर्णय पनि गरेको छ।

पारित कार्यतालिकाअनुसार पार्टिले २० मंसिरभित्र क्रियाशील सदस्यताको फाराम पठाएर ५ पुसभित्र सदस्यता टुंग्याइसक्ने खाका तयार गरि पुस १६ गते वडा अधिवेशन, पुस १७ गते गाउँ–नगर अधिवेशन, र पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने योजना बनाएको छ। एकल निर्वाचन क्षेत्र भएका जिल्लामा पुस २१ गते र बहु निर्वाचन क्षेत्र भएका जिल्लामा पुस २२ गते जिल्ला अधिवेशन र प्रदेश अधिवेशन पुस २२ र २३ गते गरिने कार्यवाहक सभापति पुर्ण बहादुर खडकाले बैठकमा जानकारी दिएका छन्।

यो निर्णयसँगै नेपाली काङ्ग्रेस ठूलो विवाद र अनिश्चितता पछि सहमतिमा पुगेको हो। पार्टीभित्र महाधिवेशन मिति र कार्यतालिका निर्धारणबारे लामो समय विवाद चलिरहेको थियो। एक पक्ष निर्वाचनअघि महाधिवेशनको पक्षमा रहेका थिए भने अन्यले विशेष महाधिवेशन वा चुनाव पछि महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए।

पार्टी अध्यक्ष शेर बहादुर देउवा र अन्य वरिष्ठ नेताहरुले वर्तमान अवस्थामा सहमतिको महत्त्व जोड्दै पुसमै नियमित महाधिवेशन गर्ने प्रस्ताव माथि सहमति जुटाएको बताइएको छ।

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *