अशोक राई, रेशम चौधरी र राजेन्द्र महतोबीच चुनावी मोर्चाबन्दी, जाँतो चिह्नमा चुनाव लड्ने सहमति
जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच आगामी चुनाव एकै चुनाव चिह्नबाट लड्ने सहमति भएको छ। आइतबार तीन पार्टीका नेतृत्वले रेशम चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी नेपालको चुनाव चिह्न ‘जाँतो (चकिया)’ प्रयोग गर्ने निर्णय गरेका हुन्। ‘आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा हामी तीन पार्टी— जनता…

