कांग्रेसको १५औँ महाधिवेशन मिति तय-पुस २६देखि २८ सम्म
नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको सोमबार सानेपास्थित केन्द्रिय पार्टी कार्यालयमा बसेको बैठकले पार्टीको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। सोही बैठकले वर्तमान कार्यसमितिको कार्यअवधि माघसम्म थप गर्ने निर्णय पनि गरेको छ। पारित कार्यतालिकाअनुसार पार्टिले २० मंसिरभित्र क्रियाशील सदस्यताको फाराम पठाएर ५ पुसभित्र सदस्यता टुंग्याइसक्ने खाका तयार गरि पुस १६…

