Screenshot 20251208 161344 Facebook

जेन्जी आन्दोलनका शहीदका नामावली सिडिओ कार्यालयमा टाँसिने

मङ्सिर २२, झापा । गत भदौ २३ र २४ गते भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित सुरु भएको देशव्यापी जेन–जी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले राज्य–मान्य शहीद घोषणा गरिसकेको छ। आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको दाबी भए पनि प्रारम्भिक सरकारी अध्ययनले मृत्युको कारण प्रमाणित भएका र आन्दोलनमै सहादत प्राप्त गरेका ४५ जनालाई मात्र…

थप पढ्नुहोस्
1000056963 overlay.jpg

क्यान महानिर्देशक प्रदीप अधिकारी पक्राउ, नलिन्चोक हेलिप्याडमा अनियमितता आरोप

मङ्सिर १८,झापा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी तथा पूर्व निर्देशक मुरारी भण्डारीलाई भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले पक्राउ गरेको छ। अख्तियारमा दर्ता भएको उजुरीअनुसार, नलिन्चोकस्थित क्यानकै स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) नगरी, कानुनी प्रक्रिया र…

थप पढ्नुहोस्
koteshwor jadibuti flyover 800x534 2

कोटेश्वर-जडीबुटी सडक खण्ड सुधार गरिने: जापानद्वारा ऋण सहायता

मङ्सिर १७, झापा । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको समस्या कम गर्ने प्रयासस्वरुप  नेपाल  सरकारले कोटेश्वर–जडीबुटी सडक खण्ड सुधार कार्यका लागि जापान सरकारसङ्ग आज एक औपचारिक कार्यक्रमकाबीच  ऋण सम्झौता गरेको छ।जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (JICA) मार्फत यस परियोजनाका लागि करिब ३१ अर्ब ७६ करोड रुपैयाँको कर्जा उपलब्ध हुने अर्थ मन्त्रालयले जनाएको छ। यस आयोजना अन्तर्गत कोटेश्वर…

थप पढ्नुहोस्
FB IMG 1764761017185

एनआइसि एसिया बैंकको सेवा मध्यराति अवरुद्ध हुने

मङ्सिर १७, झापा । एनाआइसी एसिया बैंकले आफ्नो प्रविधि प्रणाली अद्यावधिक (system upgrade) गर्न लागेकाले आज मध्यराति १२:०५ बजेदेखि भोलि बिहान ३:०० बजेसम्म सेवा आंशिक रूपमा बन्द हुने सूचना जारी गरेको छ। बैंकको सूचनाअनुसार, सो समयमा इन्टरनेट बैंकिङ (i‑Touch), मोबाइल बैंकिङ (MoBank), एटीएम, POS तथा बैंकले जारी गरेका डेबिट/क्रेडिट/प्रिपेड कार्डमार्फत हुने कारोबारहरू अस्थायी रूपमा अवरुद्ध…

थप पढ्नुहोस्
20251130 150535 1

व्यवस्थित बन्दै देवकोटा पार्क-आन्तरिक पर्यटकको आकर्षण बढदो

मङ्सिर १५, मेचिनगर । नेपाल-भारत सीमा नाका काँकडभिट्टाको मुटुमा रहेको देवकोटा पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहलले थप आकर्षक बन्दै गएको छ। वि.सं. २०५० मा दार्जिलिङका वरिष्ठ साहित्यकार शिवकुमार राईद्वारा शिलान्यास गरी औपचारिकरूपमा सञ्चालनमा आएको पार्कले विगतमा जग्गा स्वामित्व र व्यवस्थापनका विषयमा धेरै उतार–चढाव भोगेको थियो। हाल सबै सरोकार पक्षको सहकार्य र स्थानीय…

थप पढ्नुहोस्
congress 3 e1763820420977

कांग्रेसको १५औँ महाधिवेशन मिति तय-पुस २६देखि २८ सम्म

नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको सोमबार सानेपास्थित केन्द्रिय पार्टी कार्यालयमा बसेको बैठकले पार्टीको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। सोही बैठकले वर्तमान कार्यसमितिको कार्यअवधि माघसम्म थप गर्ने निर्णय पनि गरेको छ। पारित कार्यतालिकाअनुसार पार्टिले २० मंसिरभित्र क्रियाशील सदस्यताको फाराम पठाएर ५ पुसभित्र सदस्यता टुंग्याइसक्ने खाका तयार गरि पुस १६…

थप पढ्नुहोस्
FB IMG 1764507050708 1

रास्वपा–विवेकशील साझाको एकता – ‘घण्टी’ प्रतीकसहित नयाँ सुरुवात

मङ्सिर १४, झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज राजधानी काठमाडौँमा आयोजित विशेष सभामार्फत औपचारिक रूपमा एकता घोषणा गरिएको छ। ‘सुसंस्कृत राजनीति’ र ‘सुशासन’लाई मुख्य मार्गदर्शक सिद्धान्तका रूपमा प्रस्तुत गर्दै दुवै दलका शीर्ष नेताले पाँच बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। एकीकृत दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै कायम रहनेछ भने चुनाव…

थप पढ्नुहोस्
100005577 1

इलाम,गोलाखर्क भञ्ज्याङमा दुर्घटना :२ जनाको मृत्यु

इलाम,मङ्सिर १३ ।  इलाम नगरपालिका–९, गोलाखर्क भञ्ज्याङ गोलाईमा शनिबार दिउँसो मेची राजमार्गमा भएको सडक दुर्घटनामा  परि दुई जनाको ज्यान गएको छ। प्रहरीका अनुसार झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशाबाट आएका प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर ठोक्किन पुग्दा दुर्घटना भएको हो। गम्भीर घाइते भएका स्कुटरमा सवार इलाम नगरपालिका-९…

थप पढ्नुहोस्
WhatsApp Image 2025 11 26 at 8.22.46 PM

उज्यालो मनकामना बालक्ल्बद्वारा मेची पारीको विद्यालयमा सहयोग : अवलोकन भ्रमण सफल

मङ्सिर १०, झापा- बिर्तामोड १ स्थित मनकामना सेकेन्डरी स्कुल अन्तर्गत संचालित “उज्यालो मनकामना बालक्ल्बले”  आज मङ्सिर १० गते मेचिनगर १५ मा अवस्थित मेची पारिको गाउसम्मको अवलोकन भ्रमणका  क्रममा मेची पारिको गाउँ, ग्वालबस्तीमा रहेको श्री मेची प्राथमिक विद्यालयका विद्यार्थीहरुलाइ न्यानो कपडा एवम स्टेसनरी सामाग्री वितरण गरेको छ। बालक्लबले विद्यालयका ८ जना विद्यार्थीलाई ८ सेट जम्पर /ट्राउसर…

थप पढ्नुहोस्
Screenshot 2025 11 25 18 21 29 675 com.miui .gallery edit

सयपत्री ट्रेड लिङ्क बिर्तामोडद्वारा काकरभिट्टामा यमाहा एफ.आइ अभियान सम्पन्न

मंसिर ९, झापा — MAW नेपालको आधिकारिक विक्रेता सयपत्री ट्रेड लिङ्कको बिर्तामोड शाखास्थित यमाहा शोरुमले मेचिनगर-६ काकरभिट्टामा रहेको हनुमान वर्कसप एण्ड रिकन्डिसन हाउसमा मङ्सिर ८ देखि ९ गतेसम्म संचालन गरेको दुई दिने बृहत् एफ.आइ अभियान सफलतापुर्बक सम्पन्न गरेको छ। उक्त अभियानमा करिब २५० सेवाग्राही सहभागी भएको हनुमान वर्कसप एण्ड रिकन्डिसन हाउसका सञ्चालक खेम राउतले जानकारी…

थप पढ्नुहोस्